राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक आजै पास गर्ने तयारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ भाद्र १७, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक आजै पास गर्ने तयारी

रौतहट १७ भदौ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ ।

राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।

तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो ।

बैठक भदौ १७ गते शुक्रबार अपराह्न २:५९ बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो ।

उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाउनुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस