नेकपा एस निकट युवा संघ नेपालको महाकाली-मेची जागरण अभियान पुग्यो रौतहट सम्म

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ भाद्र २२, बुधबार (३ साल अघि)
  • ३ पटक पढिएको
नेकपा एस निकट युवा संघ नेपालको महाकाली-मेची जागरण अभियान पुग्यो रौतहट सम्म

अमृता पासवान।भदौ २२ गते।

रौतहट / युवा संघ नेपालको महाकाली-मेची युवा जागरण अभियान सुरू भई मंगलवार रौतहट सम्म पुगेको छ।

कञ्चनपुरको महेन्द्रनगर (महाकाली नदी) बाट यही भाद्र १७ गते बुधबार बिहान सुरू भएको अभियान महाकाली नदीमा नुहाएर प्रारम्भ भएको हो।

राष्ट्र निर्माणमा युवा शक्ति परिचालित गरौ!भ्रष्टाचारको जडो उखेलौ भने मुल नाराका साथ युवा संघको नेतृत्वमा गएको टोलीले महाकाली देखि मेचीसम्मको हरेक जिल्लाको सिमानामा राष्ट्रिय झण्डा गाड्दै राष्ट्रियताको पक्षमा नेपाली युवाहरू निरन्तर लागी पर्ने प्रतिवद्धता जाहेर गर्दै कोणसभा समेत गरिरहेको छ।

मंगलबार रौतहटको १८ वटै पालिकाबाट गएका युवा संघ नेपाल को टोलीले महाकालीबाट आएको टोलीलाई निजगढको भाबरा पुलबाट स्वागत गर्दै रौतहटको चन्द्रपुरमा कोण सभा गरेर सर्लाही को सिमाना बागमती सम्म छोडेको थियो ।

चन्द्रपुरमा कोणसभा गर्ने क्रममा (नेकपा एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश साही,उपाध्यक्ष नितेश पौडेल,पार्टीका पोलिटब्युरो सदस्य तथा युवा संघ नेपालकि इन्चार्ज दिलु पन्त ,युवा संघ नेपालका मधेस प्रदेश अध्यक्ष अर्जुन सिंह,रौतहटका अध्यक्ष बालकृष्ण श्रेष्ठ,युवा नेता तथा जिल्ला कमिटी सदस्य बाबुराम दहाल,नेकपा एसका युवा नेता तथा जिल्ला कमिटी सदस्य सलाोदिन दर्जी, महिला नेतृ प्रतीक्षा कार्की,अनिता जिम्बा लगायतका व्यक्तिले आ-आफ्ना मन्तव्य राखेका थिए।

कार्यक्रममा महाकालीबाट आएका युवा संघ नेपालका विभिन्न नेता तथा कार्यकर्तारुको साथै रौतहटका विभिन्न स्थानीय तहबाट आएका नेता तथा कार्यकर्ता र युवा संघ नेपालका सम्पूर्ण टिमको उपस्थित समेत रहेको थियो ।

जागरण अभियान भदौ १५ देखि २३ सम्म महाकाली-मेची जागरण अभियानको रूपमा तराईका २२ जिल्ला हुँदै मेची नदीमा पुगेर टुंगिने युवासंघका केन्द्रीय उपाध्यक्ष नितेश पौडेलले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस