बच्चा चोर्ने प्रयास गरेको आशंकामा वीरगञ्जबाट ३ भारतीय महिला प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ भाद्र २२, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
बच्चा चोर्ने प्रयास गरेको आशंकामा वीरगञ्जबाट ३ भारतीय महिला प्रहरीको नियन्त्रणमा

रौतहट , २२ भदौ ।  वडा प्रहरी कार्यालय बिर्ताले तीन जना भारतीय अधवैसे महिलालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाबाट एक बालकलाई चोर्ने प्रयास गरेको आशंकामा ति महिलाहरुलाई नियन्त्रणमा लिएर स्थानीयले वडा प्रहरी कार्यालय बिर्ताको जिम्मा लगाएका हुन् । 

जडिबुटी, पतंजली तथा आयुर्वेदीक औषधी तथा केहि पत्थर लगायतका सामान बेच्न नेपाल आएको प्रारम्भीक अनुसन्धानमा देखिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले जानकारी दिए ।

थप अनुसन्धान गर्ने काम भईरहेको प्रहरी निरिक्षक मल्लले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस