४ हजार ८४ जनाको नमूना परीक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ भाद्र २९, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
४ हजार ८४ जनाको नमूना परीक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप एक सय ३० जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएन ।

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई हजार एक सय ९९ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस