गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्यो : ओली

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन ६, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् ।

पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रममा ओलीले अनधिकत मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम गरिरहेको बताए । सरकारले कुनै पनि विधेयक ल्याउँदा संविधानको धारा १८१ अनुसार राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै उनले अघि भने, ‘यो अहंकारी गठबन्धनले धारा १८१ को एक पटक पनि पालना गरेको छैन ।’

गठबन्धनले मसलको भाषा मात्र बोल्न थालेको भन्दै उनले एमालेसँग ठोक्किन आए त्यसलाई पनि ठीक पार्ने चेतावनी दिए ।

सत्तामा बस्नेहरुमा अहंकार चढ्यो भने तानाशाही हुने भन्दै उनले भने, यस्तो क्रियाकलाप नगर्न सचेत गराउन चाहन्छु । मान्दै मान्दैन भने मंसिर ४ गते हिसाब किताब जनताले गर्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस