धनुषाबाट साढे १९ लाखको चाँदीसहित भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन ९, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
धनुषाबाट साढे १९ लाखको चाँदीसहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले धनुषाको सीमा क्षेत्रबाट साढे १९ लाख बराबरको चाँदीसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

जटही नाकाबाट भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारतको बिहारका मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षिय चन्द्रकान्त झालाई पक्राउ गरेको छ ।

साइकलमा सवार भई शरिरमा चाँदीको पोकाहरु बाँधेर ल्याउँदै गर्दा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएका छन् ।

सशस्त्र प्रहरीले बरामद गरेको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस