हेटौँडाको सरकारी ‘डाटा सेन्टर’ मा आगलागी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन ९, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
हेटौँडाको सरकारी ‘डाटा सेन्टर’ मा आगलागी

सरकारको ‘डाटा सेन्टर’ को ब्याकअपका रूपमा रहेको हेटौँडाको डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको छ । हुप्राचौरमा रहेको सेन्टरमा आज आइतवार दिउँसो आगो लागेको र अहिले निभाइएकाे राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोख्रेलले  जानकारी दिनुभयो ।

ब्याट्री राख्ने कोठाबाट आगो सल्किएको र क्षतिको विवरण बुझ्न कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलसहितको टोली हेटौँडा प्रस्थान गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । आगलागीबाट ब्याट्री र अरू संरचनामा क्षति पुगे पनि सरकारी डाटाको भण्डारण रहेको स्थान भने सुरक्षित रहेको छ । ब्याट्री जलेको र बिजुली प्रवाहमा समस्या भएकाले केही सरकारी कार्यालयको अनलाइन सेवामा सामान्य समस्या आउन सक्ने उहाँले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस