कटहरिया नगरपालिका द्धारा सरसफाई कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन ९, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
कटहरिया नगरपालिका द्धारा सरसफाई कार्यक्रम सम्पन्न

असोज ०९ गते । रौतहट ।
हिन्दुहरुको महान पर्व वडा दशैंको शुभ अवसरमा रौतहटको कटहरिया नगरपालिका द्धारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल र उप प्रमुख रिता देवी यादवको सकृयतामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कटहरिया नगरपालिका स्थित दुर्गा माता मन्दिर देखि बौधीमाईको मन्दिर सम्म बाटोमा रहेको फोर हटाई सरसफाइ गरिएको थियो । कार्यक्रममा क्षेत्र नम्बर ३ का नेपालि कांग्रेसका संबिधान सभा सदस्य एंम जिल्ला सभापति सुनिल कुमार यादव (जितेन्द्र) ले पनि सरसफाई कार्यक्रमा सहभागि भई बाटो सरसफाई गरेका थिए ।
उक्त सरसफाई कार्यक्रमा नेपालि कंग्रेसको महासमिति सदस्य बालमिकी यादब ,वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ता, यूवा नेता जवाहरलाल प्रसाद यादव, वडा अध्यक्ष रुपेश यादव, प्रत्यासी वडा अध्यक्ष रन्जित साह, शम्भु कान्त यादव, गठबन्धनका माओबादी केन्द्रका नसरुदिन अंसारी, शिक्षक संघ मधेश प्रदेशका बरिष्ठ उपाध्यक्ष राम मंगल प्रसाद यादव, लगाएत नेता कार्यकर्ताहरु सहित सुरक्ष कर्मीको सहभागिता रहेको कटहरिया नगरपालिकाको प्रेस सलाहकार प्रकाश श्रेष्ठले जानकारी दिनु भयो

ताजा अपडेट

खोजी गर्नुहोस