लोसपा त्यागेर कांग्रेसमा प्रवेश :चन्दा चौधरी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन १२, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
लोसपा त्यागेर कांग्रेसमा प्रवेश :चन्दा चौधरी

लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ तथा देउवा पत्नी आरजु राणा देउवाले चौधरीलाई कांग्रेसमा स्वागत गरेर भित्र्याएका हुन् ।

चौधरी लोसपाकी निवर्तमान सांसद तथा पूर्वमन्त्रीसमेत हुन् ।

आगामी निर्वाचनमा सर्लाही-४ बाट उठ्ने गरी कांग्रेस प्रवेश गराइएको स्रोतले जनाएको छ । 

उक्त क्षेत्रबाट अमरेशकुमार सिंहले जितेका थिए । तर, यसपटक  सिंह सिफारिसमै परेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस