रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन १४, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु

रुसले आफ्नो देशको दक्षिणी जापोरिज्जिया क्षेत्रमा सर्वसाधारण चढेकाे कारहरूमा गोली हानेको युक्रेनले आरोप लगाएको छ ।आज शुक्रवार भएकाे आक्रमणमा परि कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ । 

यस आक्रमणमा परि २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताउनुभएको छ । 

जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किएभलाई दोष दिए र आक्रमणको पछाडि रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन् । 

भ्लादिमिर रोगोभले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई ‘आतङ्कवादी कार्य’ गरेको आरोप लगाउँदै भने, ‘किएभको शासनले रुसी सेनाले गरेको गोलाबारीलाई जघन्य उत्तेजनाको रूपमा चित्रण गर्ने प्रयास गरिरहेको छ ।’ 

जापोरिज्जियाका गभर्नरले भने कि रुसी सेनाले ‘क्षेत्रीय केन्द्रबाट बाहिर निस्कने बाटोमा नागरिकमाथि रकेट आक्रमण गरे ।’ ‘मानिसहरू अस्थायीरूपमा कब्जा गरिएको इलाका छोड्न, आफ्ना आफन्तलाई लिन र सहयोग लिन लाइनमा उभिरहेका थिए’, उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस