सत्ता गठबन्धनमा अहिले पनि जसपासँग कुरा मिलेको छैन, ३० सीट माग १५ सीट मात्र

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन १५, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
सत्ता गठबन्धनमा अहिले पनि  जसपासँग कुरा मिलेको छैन, ३० सीट माग १५ सीट मात्र

१५ असोज । अहिले पनि सत्ता गठबन्धनमा जनता समाजवादी पार्टीसँग कुरा मिलेको छैन यस कारण जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने स्थल गोप्य राखेको छ । 

अधिकांश टिकटका आकांक्षीहरु काठमाडौंमै छन् । बैठक स्थलमा भिडभाड हुने डरले बैठकलाई गोप्य ठाउँमा सारिएको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवार चयन, पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल, समानुपातिक उम्मेदवारको सूची संशोधनलगायतको विषयमा छलफल हुने जसपाका प्रवक्ता मनिष सुमनले बताए । पार्टी कार्यालयमा बैठक बस्ने भनिए पनि त्यहाँ अन्यत्र सारिएको छ ।

सत्ता गठबन्धनमा जसपासँग कुरा मिलेको छैन । गठबन्धनले जसपालाई देशभर १५ वटा सीट दिएको छ । जसपाले त्यसलाई स्विकार गरेको छैन । 

जसपाले ३० वटा सीट माग गरेको छ । त्यसमध्ये मधेश प्रदेशमै २० वटा सीट जसपाले माग गरेको छ । त्यसैमा अहिले सम्म दलहरु बीच सहमति बनेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस