चुनाव नलड्ने बाबुराम भट्टराईद्वारा घोषणा ,पार्टीको काम र जनसेवामा रहिरहने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन १७, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
चुनाव नलड्ने बाबुराम भट्टराईद्वारा घोषणा ,पार्टीको काम र जनसेवामा रहिरहने

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आउँदो चुनाव नलड्ने घोषणा गर्नुभएको छ ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै २०६४, २०७० र २०७४ सालको संविधान सभा र प्रतिनिधि सभा चुनावमा अत्यधिक मतले विजयी गराएकोमा गोर्खाली मतदातालाई धन्यवाद दिँदै भट्टराईले आउँदो मंसिर ४ गतेको चुनावमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको हो । 

आफ्नो कार्यकालमा गोर्खाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरु भएका महत्वपूर्ण आयोजना पूरा हुने चरणमा रहेको भट्टराईले दाबी गर्नुभएको छ ।

अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोर्खालाई देशकै नमूना विकासको केन्द्र बनाउन संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने भट्टराईको भनाइ छ ।

चुनाव नलड्नु भनेको राजनीति छोड्नु नभएको उल्लेख गर्दै भट्टराईले अब सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति भने छाडेको उल्लेख गर्नुभयो । उहाँले पार्टीको काम र जनसेवामा निरन्तर खटिरहने प्रतिवद्धता पनि जनाउनुभएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस