गठबन्धनको बैठक जारी, कांग्रेस कार्यसम्पादन समिति अझै सुरु हुन सकेन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन २०, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
गठबन्धनको बैठक जारी, कांग्रेस कार्यसम्पादन समिति अझै सुरु हुन सकेन

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको छ । कार्यदलका सदस्यहरु समेत सहभागी बैठकमा एकभन्दा बढी दलको दाबी रहेको क्षेत्रहरुमा सहमतिको प्रयास भइरहेको छ । पछिल्लो दिनमा गठबन्धनको बैठक हरेक दिन बस्ने गरेको छ । तर उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा गठबन्धनमा सहमति जुट्न सकेको छैन ।

गठबन्धनको बैठक बसिरहेका कारण कांग्रेसको कार्यसम्पादन समितिको बैठक समेत सुरु हुन सकेको छैन ।

कांग्रेसले विहान ९ बजे कार्यसम्पादन समिति बोलाएको थियो । नेताहरु बालुवाटार पुगेपनि गठबन्धनको बैठक चलिरहेका कारण कार्यसम्पादन समिति बस्न नसकेको एक नेताले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस