
रौतहट २१ असोज । नारायणगढबाट वीरगञ्ज तर्फ आउँदै गरेको यात्रु बाहक बस बाराको अमलेखगन्ज तीन नम्बर पुल छेउ भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङख्या १८ पुगेको छ भने सबै मृतकहरुको पहिचान भएको छ ।
घटनाका ४ जना अझै गम्भिर अबस्था रहेका छन भने दुई भारतीय सहित २९ जना सामान्य घाईतेको उपचार भईरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु भएकाहरुमा बाराका छ, पर्साका चार, चितवनका तीन, मकवानपुरका दुई तथा ओखलढुङ्गा, गोर्खा र धनुषाका एक एक गरी १८ जनाको पहिचान खुलेको हो ।
१) कलैया उपमहानगरपालिका २ बस्ने बर्ष ४१ को लिलाराज चौधरी
२) कलैया १० बस्ने बर्ष ३६ कि नाजलिन खातुन
३) ऐ ऐ बस्ने बर्ष २६ को ईताजत अंसारी
४) जितपुरसिमरा उपमहानगरपालिका २२ बस्ने बर्ष २८ को सुरेश बि.क
५) स्वर्ण गा.पा. ७ बस्ने वर्ष ५५ को रामआश्रय राय यादव
६) करैयामाई गा.पा. २ बस्ने वर्ष १६ की प्रितिका चौधरी
१) वीरगञ्ज महानगरपालिका १६ बस्ने बर्ष ६५ को सोम प्रसाद चौरासिया
२) ऐ ऐ बस्ने बर्ष ३६ कि मन्निदेवी चौरासिया
३) सखुवा प्रसौनी ६ निवासी ५५ बर्षिय गया राउत कम्कर
४) पर्सा १६ नगवाका ६० बर्षिय मालती देवी चौरसिया
१) खैरहनी नगरपालिका– ५ बुडौली बस्ने बर्ष ६३ की नन्द कुमारी पुडासैनी
२) ऐ ऐ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी
३) कालिका नगरपालिका रमाईलो चोक बस्ने शंकर कडेलको छोरा बर्ष १५ को सफल कडेल
१) हेटौडा ७ बस्ने बर्ष ५६ कि शुभलक्ष्मी श्रेष्ठ
२) ऐ ऐ बस्ने बर्ष २० कि सोस्तिका श्रेष्ठ
ओखलढुङ्गा बस्ने लाल बहादुर बोगटी , गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कडेल , धनुषा जनकपुर ५ बस्ने बर्ष ५० को सन्तोष कुमार राय समेत दुर्घटनामा मृत्यु भएका छन ।
नामथर बतन नखुलेको १५ बर्षिय एक महिला, खैरहनी ५ बस्ने बर्ष १८ की अस्मिता बानिया , पर्सा बिरगन्ज १४ बहुअरी बस्ने वर्ष ३४ को अकवर अंसारी र मकवानपुरगढी ७ बुढिचौर बस्ने ५५ को ललित कुमार पाख्रिन रहेको प्रहरीले जनाएको छ ।
बिहिबार बिहान १० बजेर ३० मिनेट बा.प्र.०६–००१ ख ०११० नं.को बसको ब्रेक फेल भएका कारण अनियन्त्रीत भई सडकको बायाँ साईटबाट करिब २० मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भएको छ । हामीले नेपाल प्रहरीका डिआईजी समेतको टोलीले घटनाको बस्तुस्थिति, प्रकृति र सवार यात्रुलाई जानकारी लिदा ब्रेक फेल अगाडिनै भएको खुलेको उनले बताउनु भयो ।
स्याङजा आदीखोला ६ निवासी बर्ष ४० को चालक दिप्ती नारायण ढकालको हेटौडा चुरेहिल अस्पतालमा उपचार भईरहेको छ । उनले आफुले ब्रेक फेल भएपछि बचाउन सक्दो प्रयास गरेपनि असफल भएको बताएका छन । घटना लगत्तै प्रहरी, नेपाली सेनाको टोलीले उद्धार गरेको थियो ।
घाईतेहरु मध्ये चुरेहिल अस्पताल हेटौडामा दुई, पुरानो मेडिकल हस्पिटल चितवनमा १५ जना, नयाँ मेडिकल हस्पिटल चितवनमा पाँच जना, गण्डक अस्पताल बिरगंजमा दुई जना, सहकारी अस्पताल हेटौडामा दुई जना, हेटौडा अस्पतालमा दुई भारतीय सहित तीन गरी २९ घाईते सबैको उपचार भईरहेको छ ।
१. बारा जितपुरसिमरा २१ अम्लेखगंज बस्ने वर्ष १८ को आर्यन बम्जन अवस्था मध्यम
२. स्याङजा आदिखोला गा.पा. ६ बस्ने वर्ष ४० को दिप्ती नारायण ढकालको अवस्था मध्यम -चालक
१.) नामथर बतन नखुलेको बर्ष १५ की महिला- अवस्था गम्भिर
२.) जिल्ला पर्सा बिरगंग म.न.पा १६ बस्ने बर्ष २ की साक्षी चौरसिया मध्यम
३.) ऐ.ऐ.बस्ने बर्ष ९ को दिब्य चौरसिया मध्यम
४.) ऐ.ऐ.बस्ने बर्ष ३५ की लक्ष्मीया देवी मध्यम
५.) ऐ.ऐ.बस्ने बर्ष २२ की रबिना चौरसिया मध्यम
६.) ऐ.ऐ.बस्ने बर्ष २५ को सन्दिप चौरसिया मध्यम
७.) चितवन खैरहनी न.पा. ८ बस्ने बर्ष ५४ को भिमसेन अधिकारी मध्यम
८.) ऐ.ऐ. बस्ने बर्ष ३८ की रबिना अधिकारी मध्यम
९.) ऐ.ऐ.बस्ने बर्ष १७ को सन्देश अधिकारी मध्मम
१०.) ऐ.ऐ.बस्ने बर्ष १४ को सृष्टि अधिकारी मध्यम
११.) मकवानपुर हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष ३४ की मन्जु कुमारी लोप्चन मध्यम
१२.) ऐ.ऐ.बस्ने बर्ष ७ की सुवानी घिसिङ मध्यम
१३.) ऐ.ऐ.बस्ने बर्ष १२ को बिज्ञान घिसिङ मध्यम
१४.) ऐ.ऐ.बस्ने बर्ष १४ को अमृत लोप्चन मध्यम
१५.) ऐ.ऐ.बस्ने बर्ष १४ को प्रशान्त स्याङ्तान मध्यम
१.) मकवानपुर हेटौडा उ.म.न.पा १४ बस्ने बर्ष ४४ की ठुलि माया लोप्चन मध्यम
२.) चितवन भरतपुर म.न.पा.२२ बस्ने बर्ष २१ को आयुष बास्तोला मध्यम
३.) चितवन राप्ती न.पा.८ बस्ने अं.बर्ष ६४ को श्रि प्रसाद त्रिपाठी मध्यम,
४.) बारा करैयामाई गा.पा.२ घर भई हाल भरतपुर म.न.पा. १२ बस्ने वर्ष १६ की रितिका चौधरीको अवस्था मध्यम
५. ऐ. खैरहनी न.पा. ५ बस्ने बर्ष १८ की अस्मिता बानिया-अवस्था गम्भीर
१) पर्सा बि.म.न.पा.१४ बहुअरी बस्ने वर्ष ३४ को अकवर अंसारी अवस्था गम्भिर
२) पर्सा पकहा मैन्पुर गा.पा. ४ बस्ने वर्ष २० को सन्देश यादवको अवस्था सामान्य
१. मकवानपुर मकवानपुरगढी गा.पा.७ बुढिचौर बस्ने बर्ष १६/१७ को बिरोज पाख्रिन अवस्था मध्यम
२.ऐ.ऐ. बस्ने निजको बुवा अ.बर्ष ५०/५५ को ललित कुमार पाख्रिन अवस्था गम्भिर
१.बारा जितपुरसिमरा उ.म.न.पा.२२ बस्ने बर्ष ११ को शिशिर बि.क. अवस्था मध्यम
२. भारत मोतिहारी जिल्ला पुर्वी चम्पारण घर भई हाल जिल्ला मकवानपुर सिमाचोक बस्ने बर्ष ४० को सन्तोष ठाकुर अवस्था मध्यम
३.ऐ.ऐ.बस्ने बर्ष ४२ को शत्रुधन ठाकुर अवस्था मध्यम ।
