जसपाले सत्ता गठबन्धन छाडेपछि चार मन्त्रीको पद धरापमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन २१, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
जसपाले सत्ता गठबन्धन छाडेपछि चार मन्त्रीको पद धरापमा

जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीको पद धरापमा पर्ने भएको छ । सत्ता गठबन्धन छाडेर प्रतिपक्षी एमालेसँग जसपाले चुनावी तालमेल गरेपछि चार मन्त्रीको पद धरापमा पर्ने देखिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माेहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादवको जिम्मेवारी खोस्ने भएका छन् । एक मन्त्री भने, ‘जसपा विपक्षी दलसँग चुनावी गठबन्धन गरेपनि यसका चार जना मन्त्रीको जिम्मेवारी खोसिन्छ होला ।’ ०७४ मा पनि तत्कालीन सत्ता सहयात्री दल नेकपा माओवादीले विपक्षी एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । अहिले पनि सोही परिस्थिति आएको ती मन्त्रीको भनाइ छ । निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना भने छैन । निर्वाचन आयोगका सह-प्रवक्ता सूर्य प्रसाद अर्यालले निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने नमिल्ने बताए । 

ताजा अपडेट

खोजी गर्नुहोस