सभापति जितेन्द्र यादवले प्रदेशसभा सदस्यको लागि ३ (ख )बाट उमेदवारी गराए दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन २३, आईतबार (३ साल अघि)
  • ६ पटक पढिएको
सभापति जितेन्द्र यादवले प्रदेशसभा सदस्यको लागि ३ (ख )बाट उमेदवारी गराए दर्ता

असोज २३ गते । रौतहट ।

नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति जितेन्द्र यादवले प्रदेशसभा सदस्यका लागि राैतहटको निर्वाचन क्षेत्र नम्बर ३ ख मा उमेदवारी दर्ता गराएका छन् । यादवले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालय कटहरियामा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

नेपाली कांग्रेस पार्टीका प्रभावशाली नेता यादव चार दलिय सत्ता गठबन्धनकाे तर्फ उम्मेदवारको रुपमा मनोनय दर्ता गराउनु भएको छ । यादव २०७० सालकाे समविधान सभा सदस्य समेत रहनुभएको थियो ।

मनाेनय दर्ताकाे क्रममा कटहरिया नगरपालिका को मेयर अजय प्रकाश जयसवाल तथा फतुवा बिजयपुरका निवर्तमान मेयर गोपाल यादव , वडा नम्बर ७ का वडा अध्यक्ष शहिद आलम,वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम साह, वडा अध्यक्ष रूपेश यादव , बाल्मिक यादव लगायतका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस