पर्सामा अख्तियारको छापा, घुसको रकमसहित एक कर्मचारी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन ३१, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
पर्सामा अख्तियारको छापा, घुसको रकमसहित एक कर्मचारी पक्राउ

वीरगञ्ज, ३१ असोज ।  जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारले छापा मारेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको कार्यालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको हो । घुस माग गरेको सेवाग्राहीको गुनासोपछि आएको अख्तियारको टोलीले कम्प्युटर अपरेटर संजय कुमार यादवलाई रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसँग माग गरेको ५ हजार घुस रकमसहित यादवलाई फेला पारेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । उनका अनुसार अख्तियारको टोलीले अँझै मुद्दा शाखाका कागजात परीक्षण गरीरहेको छ ।  

ताजा अपडेट

खोजी गर्नुहोस