रौतहटमा माटोको ढिस्कोले पुरिएर सासूको मृत्यु, बुहारी घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक १, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
रौतहटमा  माटोको ढिस्कोले पुरिएर सासूको मृत्यु, बुहारी घाइते

रौतहट, कात्तिक १ I रौतहटको कटहरिया नगरपालिका अन्तर्गत वडा २ जमुनिया गाउँमा माटोको  ढिस्कोमा पुरिएर सासूको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छिन् ।

हिन्दुहरुको महान पर्व दीपावली र  छठका लागि घर लिपपोत गर्न गाउँको उत्तरपट्टी माटो लिन गएकी स्थानीय धनराज चौधरीको ६५ वर्षीय श्रीमती मोहनी देवीको ढिस्कोले पुरिएर सोमबार साँझ  मृत्यु भएको हो। माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सासूसँगै बुहारी सुनिता कुमारी चौधरी समेत ढिस्कोले पुरिएर घाइते भएकी थिइन्। बुहारी सुनिता स्थानीय अस्पतालमा उपचार पछि खतरा मुक्त रहेको स्थानीय समाजसेवी रुपनारायण चौधरीले जानकारी दिएका छन  । मृतकको सव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको तथा  घटनाबारे अनुसंधान भैरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस