फत्तेपुरमा पाँच दलिय गठबन्धनकाे घरदैलो कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक १, मंगलबार (३ साल अघि)
  • ३ पटक पढिएको
फत्तेपुरमा पाँच दलिय गठबन्धनकाे घरदैलो कार्यक्रम सम्पन्न

रौतहट, कार्तिक १ गते ।

रौशन चौधरी

राैतहट क्षेत्र नम्बर ३ काे पाँच दलिय सता गठबन्धनका प्रतिनिधि सभा र प्रदेशसभाका सदस्य पदका उम्मेदवारहरूले मंगलबारका कटहरिया नगरपालिकाको वार्ड नं ६ फत्तेपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । सो घरदैलो अभियानमा घर तथा टोलबाट सुरु गाउभरी घरदैलो गरेको थियाे सता गठबन्धनका उम्मेदवारले उल्लासका साथ घरदैलो गरेका छन् ।

घरदैलो अभियान क्रममा बाेल्दै प्रदेश सभा ( ख )का उम्मेदवार जितेन्द्र यादव उर्फ सुनिलले गलत विचारका व्यक्तिलाई परास्त गर्ने साेचका साथ तथा तनासाहलाई पराजित गर्ने आफूहरू अगाडि बढेकाे बताउनु भयाे । हामी बिच रहेको कमीकमजोरी लाई सुधार गरि अगाडि बढ्ने प्रतिक्रिया दिनु भयाे ।

क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार नेता धिरज पटेल,प्रदेश सभा सदस्य (क) उम्मेदवार वन राज्यमन्त्री नागेन्द्र यादव र प्रदेश सभा ( ख ) का उम्मेदवार जितेन्द्र यादव सहभागी थिए । घरदैलो अभियानमा उम्मेदवारहरू र जनताहरुको घर घरमा मत मांगन पुगेका थिए । गाेलाकार भित्रकाे हसुआ हथौड़ा ,गाछी र कलममा मतदान गराैं सता गठबन्धनलाई जिताउ भन्ने नारासहित उम्मेदवारहरूले घरदैलोमा मत माग्न पुगेका थिए ।

कटहरिया नगरपालिकाको नेपाली कांग्रेस नगर सभापति शम्भु कार्यको अध्यक्षतामा घरदैलो कार्यक्रममा सम्पन्न भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस