स्वतन्त्र उम्मेदवार रबि जैसावलले घरदैलो अभियानलाई दियो तिब्रता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक ३, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
स्वतन्त्र उम्मेदवार रबि जैसावलले घरदैलो अभियानलाई दियो तिब्रता


रमेश कुमार यादब
कार्तिक ०३,रौतहट
रौतहट क्षेत्र नं.४ को (ख) प्रदेशसभा सदस्यका उम्मेदवार युवा नेता रबि जैसवालले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । रौतहट क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार जैसवाल आफ्नो चुनावी चिन्ह जिप छापमा भोट माग्दै घरदैलो अभियानलाई तिब्र पारेका हुन । जैसवालले सुखि नेपाली र सम्बृद्ध नेपाल निर्माणका लागि जिप छाप चिन्ह्मा मतदान गर्न आग्रह गर्दै घरदैलो अभियान तिब्र पारेको प्रदेशसभा सदस्यका लागी स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता रबि जैसवालले बताए । रौतहट ४ (ख)मा बिभिन्न उम्मेदवार रहे पनि युवा नेता जैसवालको पक्षमा जनलहरको सैलाव देखेर बिपक्षीको सातो जान थालेका आम जनसमुदायमा कानेखुसे हुन थालेका छन ।बिहिबार हथिऔल र बलुवा मदनपुरमा भेटघाट गर्दा उक्त ठाउँका स्थानियहरुले धेरै पार्टी नेताहरुलाई जिताएर देखे तर उनीहरुले आफ्नो छोराछोरीको उज्यालो भबिष्य र ठुलोठुलो घर र आफ्नो आसेपासेको पोसने बाहेक सर्वसाधारण जनताको भलो हुने गरि कुनै काम नगरेको बताए ।स्थानियबासिले अब न जात न पार्टी न कुनै जाति देखेर न कसैको लोभमा परेर भोट दिने मनस्थितीमा पुगेका छन ।त्यस कारण अब यस देशलाई युवा बर्गको खाँचो रहेको हुँदा यस पाली युवा नेता रबि जैसावललाई नै जिताएर देश,गाउँटोलको र युवा रोजगारीको ग्यारेन्टी गराउने ,बाटोघाटोलाई सुधार गराउने परिस्थितीमा रहेका छन ।युवा रहेको कारणले गर्दा जुन बेला बोलाउदा आउने र परेको बेला काम लाग्ने भएको कारण युवा नेता रबि जैसवाललाई नै आफ्नो मत दिने परिस्थितीमा पुगेका बलुवा मदनपुरका स्थानिय रामसेवक राय यादबले बताउनु भयो ।रौतहट निर्वाचन क्षेत्र नम्वर ४ अन्तर्गत (ख) प्रदेश सभामा बसोबास गर्ने मतदाताहरुलाई रबि जैसवालको चुनाव चिन्ह जिप छापमा स्वस्तीक लगाएर अत्याधिक मतबाट विजयी बनाउन उनले मतदाताहरुसंग हार्दिक रुपमा अपिल गरेको छन ।

ताजा अपडेट

खोजी गर्नुहोस