३ वर्षदेखि बन्द विद्यालय अवैध रुपमा रकम असुली ,एनप्याब्सन पर्साको सचिव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक ४, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
३ वर्षदेखि बन्द विद्यालय अवैध रुपमा रकम असुली  ,एनप्याब्सन पर्साको सचिव

रौतहत, कार्तिक ४। तीन वर्षदेखि बन्द रहेको विद्यालयका सञ्चालकलाई नेशनल प्याब्सन (एनप्याब्सन) पर्साको सचिव बनाउनुको परिणाम यतिबेला संगठन बदनाम हुने अवस्थामा पुगेको छ । 

क्याम्ब्रिज एजुकेशनल इंगलिश बोर्डिङ्ग स्कुलका संचालक तथा प्राचार्य प्रमोद रायमाझीको आफ्नो स्कुल बन्द अवस्थामा भएपनि संगठनमा आवद्ध अन्य स्कुलमाथि थिचोमिचो गर्ने र अवैध रुपमा रकम असुली गर्ने गरेको संगठनमा आवद्ध एक स्कुलका सञ्चालकले बताए । 

उनका अनुसार रायमाझीले संगठनभित्र भाडभैलो मच्चाउन तथा संगठनको विधि र पद्धतिविपरितका कामहरु गरेर संगठनलाई बदनाम बनाउन खोजेको भन्दै संगठनभित्रकै व्यक्तिहरुले आपत्ती जनाएका छन् । 

स्कुल नै नरहेको व्यक्तिलाई संगठनको पदाधिकारीमा राख्न नहुने र तत्काल उनलाई सचिवबाट बर्खास्त गर्नको लागि संगठन भित्र छलफल भइरहेको नाम नछाप्ने सर्तमा एक स्कुलका संचालकले बताए । 

निजि तथा आवासिय विद्यालय संगठनको बिद्यानमै स्कुल नरहेको व्यक्तिलाई संगठनको कुनै पनि पदमा राख्न नहुने प्रावाधान रहेपनि बिद्यान बिपरित रायमाजीलाई संगठनको पदाधिकारी बनाएको पाइएको हो । 

ताजा अपडेट

खोजी गर्नुहोस