चिनियाँ महिला नेपाली नागरिकतासहित दिल्लीबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक ४, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
चिनियाँ महिला नेपाली नागरिकतासहित दिल्लीबाट पक्राउ

रौतहत, कार्तिक ४।  नेपाली नागरिकतासहित चिनियाँ जासुसलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। दिल्लीको विशेष सेलले ४४ वर्षीया चिनियाँ महिला चाइ रउलाई पक्राउ गरेको हो। उनमाथि भारतको विभिन्न सरकारी कार्यालय र मन्त्रालयहरुबाट गोप्य सूचना चुहाएको आरोप लगाइएको छ। 

दिल्ली प्रहरीका अनुसार उनी विगत दुई वर्षदेखि आफ्नो पहिचान लुकाएर दिल्लीमा बस्दै आएकी छन्। उनको साथमा रहेको नेपाली नागरिकता र पासपोर्टसमेत बरामद गरिएको छ। नागरिकतामा डोल्मा लामा लेखिएको छ। उनी डोल्मा लामा बनेर भिक्षुको भेषमा जासुसी गर्दै आएको दिल्ली प्रहरीले जनाएको छ। 

पक्राउ परेकी ती महिलालाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ। दिल्ली प्रहरी स्रोतका अनुसार ती महिला नेपालको सीमाबाट बिहार हुँदै दिल्ली पुगेकी थिइन्। उनले भारतको विभिन्न भागमा घुमफिरसमेत गरेको प्रहरीको दाबी छ। ती महिलाले नेपाली र हिन्दी दुवै भाषा बोल्ने गरेको बताइएको छ।  

ताजा अपडेट

खोजी गर्नुहोस