पार्टी प्यारो मानेर ओलीको टिकट लिइनँ -डा. वाग्ले

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक ५, शनिबार (३ साल अघि)
  • ५ पटक पढिएको
पार्टी प्यारो मानेर ओलीको टिकट लिइनँ -डा. वाग्ले

रौतहट,कार्तिक ५ I अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन्।

अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभामा चुनाव लड्न आग्रह गरेको बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए। उनले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको कारण आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने बताए।

उनले युवाहरुसँग घुलमिल हुने कार्यक्रम आफूले शनिबारबाट काठमाडौं क्षेत्र नम्बर ४ बाट शुरु गरेको भन्दै यो कार्यक्रम देशभर नै आयोजना गर्ने आफ्नो योजना रहेको बताए। उनले नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको टिकटको आकांक्षी भए पनि टिकट नपाएपछि अबको ५ वर्ष मतदाता र युवामाझ आफ्नो सक्रियता बढाउन प्रयोग गर्ने बताए।

उनले भने, ‘स्वतन्त्र भएर चुनाव लड्नुपर्छ भनेर पनि दबाब नआएको होइन, तर मैले के डिसाइड गरेँ भन्दा, हामी बहुदलीय व्यवस्थामा छौँ, धेरै कुराहरु सीमा, बन्धन, नियममा रहनुपर्छ। अहिले म यही फ्रेमवर्कभित्र नै सक्रिय हुन्छु। तत्कालमा जनमत बनाउने, युवाहरुसँग भेटघाट गर्ने, नयाँ मतदातासँग घुलमिल हुने, आजका दिन काठमाडौं ४ बाट शुरु गरेर देशव्यापी रुपमा छलफल म लैजान्छु।’

अर्थविद् वाग्लेले आफ्नो तीन पुस्तासमेत नेपाली कांग्रेस भएकाले अन्य पार्टीमा गएर चुनाव लड्न सहज नदेखिएको बताए। 

ताजा अपडेट

खोजी गर्नुहोस