रौतहट ३ मा राजनीतिक तरंग,ओमप्रकाशको साथमा सत्ता गठबन्धनका नेता घरदैलोमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक ६, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
रौतहट ३ मा राजनीतिक तरंग,ओमप्रकाशको साथमा सत्ता गठबन्धनका नेता घरदैलोमा

रौतहट, कार्तिक ६ I रौतहट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को राजनीतिक माहोलमा फेरबदल देखिएको छ।

आइतबार गुजरा नगरपालिकाको वडा नम्बर ३ मा विधायक पदका लागि सत्ता गठबन्धनका सझा उम्मेदवार नागेन्द्र यादव र स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालको संयुक्त घरदैलोले यस क्षेत्रमा नयाँ राजनीतिक तरंग पैदा गरेको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर ३ क बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार निवर्तमान प्रदेश सांसद यादव र स्वतन्त्र उम्मेदवार जैसवालको संयुक्त रुपमा बलुआ जंगलसहिया पोखरभिन्डा टोलमा गरेको घरदैलो कार्यक्रमको फोटो सार्वजनिकले क्षेत्र नं ३ को राजनीतिकमा नया राजनीतिक तरंग पैदा गरेको स्थानीयहरुले चर्चा गर्न थालेका छन्।

सत्तारुढ गठबन्धनको तर्फबाट माओवादीका नेता धिरज पटेल रौतहट क्षेत्र नं ३ बाट संघीय सांसद पदका लागि उम्मेदवारी दिएका छन् तर सत्ता गठबन्धनले अहिले आएर नेकपा एमालेको टिकट अस्वीकार गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्री प्रभु साहलाई समर्थन गर्न पटेललाई दबाब दिन थालेपछि गठबन्धनमा खौलाबौला मचेको छ। पटेलले शनिबार पत्रकार सम्मेलन गर्दै आफू कुनै हालतमा साहलाई समर्थन नगर्ने प्रतिबद्धता गरे पनि साहलाई समर्थन गर्न पार्टीको निर्देशन आएपछि पटेलको बोलिमाथि स्थानीय जनताहरुले अनेकौं प्रश्न खडा गर्न थालेका छन्। एक स्थानीयले पटेलको गतिविधि संदिग्ध रहेको दाबी गरेका छन्।

उनलेे भने`के पार्टीको निर्देशन भन्दा माथि उठेर पटेलले आफ्नो उम्मेदवारी यथास्थितिमा राख्लान त ? भन्दै अनेकौं प्रश्न खाडा गरे। उनले भन्ने पटेलको अभिव्यक्तिमा कुनै सत्यता नरहेको र साहको विकल्पको रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जैसवाललाई सम्पूर्ण नेता तथा जनताहरुले समर्थन गर्नु पर्ने अवस्था आएको बताए।

एक स्थानीयले क्षेत्र नम्बर ३ मा पूर्व मन्त्री साहको आतंकबाट उन्मुक्ति पाउन जैसवाललाई जित्नुको विकल्प नरहेको बताए। पूर्व मन्त्री साहले विगत ३ कार्यकाल देखि लगातार निर्वाचित हुँदै आएका छन्। उनलाई हराउन यहाँका स्थानीय नेताहरूले जैसवाललाई समर्थन गर्ने भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस