घाँस काट्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक ८, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
घाँस काट्ने क्रममा करेन्ट लाग्दा एक जनाको  मृत्यु

रौतहट, कार्तिक ८ I पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

घाँस काट्न घर नजिकैको दबदबेको रुखमा चढ्दा करेन्ट लागेर रामपुर नगरपालिका ९ जब्कादीका २९ वर्षीय विष्णुबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

मंगलवार बिहान १० बजे तिर रुखमा चढेर घाँस काट्ने क्रममा एक्कासी थ्री फेजको लाइन छुन गइ करेन्ट लागेर भुइँमा खसेका विष्णुबहादुरलाई उपचारका लागी युनाइटेड मिशन अस्पताल पाल्पामा पठाए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस