सूर्यग्रहण लाग्दै : कुन राशिलाई हेर्नै नहुने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक ८, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
सूर्यग्रहण लाग्दै : कुन राशिलाई हेर्नै नहुने

रौतहट, कार्तिक ८ I कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ।

ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरूले बताएका छन्। खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताए। उनले यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने बताए। ग्रहण जम्मा ३३ मिनेटको रहेकाले ग्रहण शुरु हुनुभन्दा ४ घण्टा अघिबाट खानेकुरा खान छोड्नुपर्ने बताए I

ग्रहण वृष, सिंह, धनु, मकर राशिलाई राम्रो रहेको बताए। वृष राशिका मानिसले आजको ग्रहण हेर्दा सुख प्राप्ती हुने, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने योग रहेको उनले उल्लेख गरे। खगोलविद् डा. आचार्यले मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति, तुला राशिको लागि घात, वृश्चिकलाई धन क्षय, कुम्भ राशिलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुने बताए।

 ‘सूर्य ग्रहण धेरै युरोपबाट राम्रोसँग देखिन्छ। यो ३३ मिनेटसम्मको छोटो समयको लागि छ। यो ग्रहण वृष, सिंह, धनु, मकर राशिलाई राम्रो छ। अरु राशि भएकाले हेर्नु हुँदैन। धर्मशास्त्रलाई मान्ने हो भने सुतक १२ घण्टा अघिबाट खानु हुँदैन। तर छोटो समयको लागि सानो ग्रहण भएकाले मध्यान्हकालदेखि निषेध गरिएको छ।

यो वृद्धवृद्धाहरूको लागि छुट छ। सूर्यास्त भइसकेपछि खान सकिन्छ’, उनले भने, ‘ यसको स्नान शुरु हुँदा, मध्यान्ह र अन्त्यमा स्नान गर्दा राम्रो हुन्छ। मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति हुन्छ। तुला राशिको लाग घात भनेको मृत्यु नै हुनसक्छ। यो ग्रहण तुला राशिमा लाग्ने भएकाले तुला राशिका मानिसलाई हेर्नै हुँदैन। वृश्चिकलाई धन क्षय, कुम्भ राशिलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुन्छ भनिएको छ।’

 त्यस्तै वृष राशिका मानिसले हेर्दा सुख, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने देखिएको छ। ‘खगोल शास्त्रको अध्ययन नेपालमा एकेडेमिक स्तरमा पुगिसकेको छैन। जनमानसमा सुसूचित गर्ने काम भइरहेको छ। अहिले टेलिस्कोपहरू धेरै भित्रिदै छन्। अब खगोल विज्ञानको अध्ययन गर्न चाहिने टेलिस्कोप नै हो। त्यसैले बिस्तारै भित्रिदै गरेकाले अन्तर्राष्ट्रिय स्तरमा पनि यसको अध्ययन बढ्दै जानेछ’, उनले भने।

डा. आचार्यले नेपालमा खगोल विज्ञानको अध्ययन, अनुसन्धान भने राम्रोसँग हुन नसकेको बताए। उनले टेलिस्कोपहरू नेपालमा धेरै भित्रिरहेकोले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुग्ने गरेर अध्ययन अनुसन्धान हुने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस