ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु : कल्याणपुर सिरहा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक १०, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु : कल्याणपुर सिरहा

रौतहट,कार्तिक १० I सिरहाको कल्याणपुरमा बिहीबार ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ। 

भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको ओन टेस्ट  ट्याक्टर कल्याणपुर १० पर्चिलवामा  दुर्घटना हुँदा चालक कल्याणपुर नगरपालिका- ४ का ३० वर्षीय छेदुवा गोइत र ४५ वर्षीय दुखिया साहको घटनास्थमै मृत्यु भएका छन्।

छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको अवस्थमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यामिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी हरी ओलीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस