रौतहट लगायत देशभरी छठ पर्वको अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक १३, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
रौतहट लगायत देशभरी छठ पर्वको अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

१३ कार्तिक । रौतहट
श्रद्धा र भक्तिका साथ मनाइने छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।अस्ताउँदो सूर्यलाई अर्घ दिन रौतहटका विभिन्न छठ घाटहरुमा श्रद्धालु भक्तजनको बाक्लो भिड लागेको थियो ।
रौतहटको फत्तेपुर जलैया नदी, कटहरिया बकैया,गरूडाको झाँझ नदी,गौरको बडहरवा पोखरी,मतसरीको बागमती,बगहीको पोखरी, चन्द्रपुरको चान्दी खोला लगायतका विभिन्न ठाउँमा स्थापना गरिएका छठघाटमा सूर्यलाई अर्घ दिन दिउँसैबाट श्रद्धालु भक्तजनको भिड लागेको थियो ।षष्ठी तिथीको दिन छठ पर्बको मुख्य दिन भएकाले यस दिनलाइ सँझिया घाट भन्ने गरिएको छ ।छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुहरुले छठी माता र सूर्य भगवानसँग जोडिएका पारम्परिक गीत गाँउने चलन रहेको छ ।अस्ताउदै गरेका सुर्य भगवान र छठी मातालाइ ब्रतालुहरुले जलशायमा पसि बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछता, पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ दिने गरिन्छ ।सूर्य अस्त पछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ–आफनो घर फर्किने गर्छन् । कतिपय भने भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिन घाटमा नै सूर्य आराधना गर्दै जाग्राम बस्ने चलन पनि छ ।सप्तमीको दिन भने उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत रुपमा समापन हुन्छ । यस दिनलाइ परना भन्ने चलन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस