गस्ती जाँदा भिरबाट लडेर घाइते भएकी म्यादी प्रहरीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक १६, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
गस्ती जाँदा भिरबाट लडेर घाइते भएकी म्यादी प्रहरीको मृत्यु

रौतहट, कात्तिक १६ I गस्तीमा जाँदा धादिङको सल्यानटारमा भीरबाट खसेर घाइते भएकी एक म्यादी प्रहरी युवतीको उपचारका क्रममा ज्यान गएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार घर भएकी २१ बर्षिया भवानी खकुराल मंगलबार गस्ती जानेक्रममा भीरबाट खसेर घाइते भएकी थिइन् ।

घाइते खकुरालको सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । खकुराल म्यादी प्रहरीमा छनौट भएपछि उनलाई त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयमा खटाईएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपि श्याम खत्रीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस