रौतहटमा लाखौंको चिनी र डिएपी मल बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक २३, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
रौतहटमा लाखौंको चिनी र डिएपी मल बरामद

ओम प्रकाश यादव

रौतहट, कार्तिक २३ । रौतहट प्रहरीले लाखौं मुल्य बराबरको अबैध चिनी र डिएपी रासायनिक मल बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याइरहेको अवस्थामा जिल्लाको इशनाथ नगरपालिका वडा नं ४ सानो लतमरीबाट उक्त चिनी र डिएपी बरामद गरिएको प्रहरीले जनाएको छ ।

बुधवार दिउँसो २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ति टोलीले ६ लाख ९८ हजार मुल्य बराबरको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी रासायनिक मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन ।

बेवारिसे अवस्थामा बरामद गरिएको उक्त अबैध चिनी र डिएपी मल जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी मल्लले जानकारी दिएका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस