सत्तागठबन्धनको साझा उम्मेदवार देव प्रसाद तिमल्सिना र सत्तारको पक्षमा जनशैलाब

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक २४, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
सत्तागठबन्धनको साझा उम्मेदवार देव प्रसाद तिमल्सिना र सत्तारको पक्षमा जनशैलाब

रौतहट । कार्तिक २४ गते ।
पाँचदलीय गठबन्धनबाट रौतहट निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवारी दिएका प्रतिनिधि सभाको उम्मेदवार देव प्रसाद तिमल्सिना र प्रदेश सभा (ख) को उम्मेदवार शेख सत्तार अहमदको पक्षमा जनशैलाब उभ्रेको छ ।

जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर ८ मा घरदैलो गर्ने क्रममा तिमल्सिना र सत्तारक‍ो पक्षमा जनशैलाब उभ्रेको देखिएको थियो।

निर्वाचन क्षेत्र नम्बर ४ र प्रदेश सभा (ख)मा जनलहर बटुल्न थालेका तिमल्सिना र सत्तारको पक्षमा उठेको चुनावी हावाको तरंगले अन्य दलका नेता कार्यकर्तामा हडकम्प नै मचाएको स्थानीयले बताएका छन ।

थोरै समयमा निर्वाचन क्षेत्र नं ४ (ख) को प्रदेश सभा सदस्य पदको उम्मेदवार सत्तारले आम मतदाता माझ लोकप्रियता बढाउदै आफ्नो पक्षमा जनमत बटुल्न थालेका छन ।

निवर्तमान प्रदेश सांसदबाट जनचाहना पुरा नहुने भान परेपछि मतदाताहरु सत्तारको पक्षमा होमिएका हुन ।

सत्तारले विगत लामो समय देखि बन्द रहेको गरुडा स्थित श्रीराम सुगर मिल्सलाई सदनमा आवाज उठाई पुनः संचालन गर्न पहल गर्ने मतदातालाई आश्वासन दिएका छन्।

रौतहटको स्वास्थ्य क्षेत्रमा विकास गर्न प्रदेश सभा (ख) को मध्य भागमा सुविधा सम्पन्न बर्थिङ्ग सेन्टरको निर्माण गर्ने पहिलो प्रतिबद्धता रहेको सत्तारले बताएका छन्।

सत्तारले सुत्केरी गराउन यस् क्षेत्रको जनतालाई अत्यन्तै कठिन रहेको र त्यो समस्यालाई पहिलो प्राथमिकतामा राखि काम गर्ने हाम्रो पहिलो प्रतिबद्धता रहेको बताएका छन्।

सत्तार अनुसार यदि हाम्रो जित भए हाम्रो कार्यशैलीबाट प्रभावित आमजनताहरु वाहवाही गर्ने बताएका छन्।

त्यस्तै प्रतिनिधि सभाको उम्मेदवार देव प्रसाद तिमल्सिनाले आफ्नो क्षेत्रमा मेडिकल कलेज खोल्ने पहिलो प्रतिबद्धता रहेको बताएका छन्।

निवर्तमान सांसद समेत रहेका तिमल्सिनाले विगत पाँच वर्षमा शिक्षा,स्वास्थ्य,सडक पूर्वाधार लगायतका क्षेत्रमा कायापलट गरेका छन्।

उनको विकास शैलीबाट यहाँका मतदाताहरु फेरि एकपटक तिमल्सिनालाई नै जिताउने निधो गरेको एक स्थानीयले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस