स्वतन्त्र उम्मेदवार प्रति बढ्दो जनआकर्षणः यादवको घरदैलोमा सर्वसाधारणको स्वफुर्त सहभागिता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक २५, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
स्वतन्त्र उम्मेदवार प्रति बढ्दो जनआकर्षणः यादवको घरदैलोमा सर्वसाधारणको स्वफुर्त सहभागिता

रौतहट, कार्तिक २५ । राजनितिक दलहरुको दिसाहिन यात्राका कारण आजित जनताको आकर्षण स्वतन्त्र उम्मेदवार प्रति बढ्न थालेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित प्रचार प्रसारमा सकृय दलीय उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार प्रति जनआकर्षण बढ्न थालेको हो । यसै क्रममा शुक्रवार गरूडा नगरपालिका वडा नं. ४ स्थित गरूडा देखिएको दृष्यले स्वतन्त्र उम्मेदवार प्रति आम जनताको आकर्षण बढ्दो रहेको पुष्टि गरेको छ ।

रौतहट जिल्ला क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार संजय यादवको आयोजित घरदैलो कार्यक्रममा स्थानीय जनता स्वफुर्त सहभागी भई उनका लागी मतदान गर्न घर–घरमा पुगेको दृष्यले स्वतन्त्र उम्मेदवार प्रतिको आकर्षण बलियो रहेको आम जनतामा चर्चाको विषय बनेको हो ।

घरदैलो तथा मतदातासंगको भेटघाटका क्रममा स्थानीयहरुले प्रतिनिधीसभा सदस्यका स्वतन्त्र उम्मेदवार यादवलाई स्थानीयले बिजय तिलक सहित लडु समेत खुवाएर स्वागत गरेको दृष्य पनि देखिएको थियो । यादवको घरदैलो कार्यक्रममा स्थानीयको स्वफुर्त सहभागिताको ओइरो लागेको देखियो ।

ताजा अपडेट

खोजी गर्नुहोस