नेपाल पत्रकार महासंघ रौतहट शाखाको १२ औँ साधारण सभा कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक २६, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
नेपाल पत्रकार महासंघ रौतहट शाखाको १२ औँ साधारण सभा कार्यक्रम सम्पन्न

रौतहट, कार्तिक २६ । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं ३ मत्सरीमा नेपाल पत्रकार महासंघ रौतहट शाखाको १२ औँ साधारण सभाको शनिबार उदघाटन गर्दै केन्द्रीय अध्यक्ष पोखरेलले संविधान बनिसकेको तथा संचार सम्बन्धी नीति निर्माण भइसकेको अवस्थामा कानुन नबन्दा अझै पनि संचार जगतको धेरै क्षेत्रमा समस्या भइरहेको बताएका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रेस सम्बन्धी कानुन नबन्दा पत्रकारलाई अझै पनि समस्या रहेको बताएका छन् । मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई सफल बनाउन संचारकर्मीले आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका खेल्नुपर्ने बताउँदै अध्यक्ष पोखरेलले चुनावमा लडेका उम्मेदवारहरुलाई संचारसम्बन्धी कानुन निर्माणबारे पनि प्रश्न गर्न आग्रह गरेका छन्।

उम्मेदवारहरुसित अन्तक्र्रियात्मक किसिमले जाँदा कानुन बनाउन दवाव पर्ने अध्यक्ष पोखरेलको भनाइ छ। रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा सम्पन्न साधारण सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईँले पत्रकारहरुले पत्रकारिताको मर्यादाभित्र रहेर राज्यलाई बाटो देखाउने काम गर्नुपर्ने बताएका छन्।

कर्यक्रममा सहभागी वक्ताहरुले महासंघ सबै पत्रकारहरुको साझा संस्थाको रुपमा अगाडि बढाउनु पर्ने विषयमा जोड दिएका छन्। साथै आगामी मंसिर ४ गते हुने निर्वाचनमा रिपोर्टिङ गर्दा आचारसंहितालाई ध्यानमा राखी समाचार प्रकाशन तथा प्रसारण गर्न वक्ताहरूले अनुरोध गरेका छन्। कार्यक्रममा सहभागी अतिथिहरूलाई दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहले मायाको चिनो प्रदान गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस