परिवर्तनको लागी माछा छापमा मतदान गर्नु :- ओमप्रकाश जयसवाल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक २७, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
परिवर्तनको लागी माछा छापमा मतदान गर्नु :- ओमप्रकाश जयसवाल

२७ कार्तिक,रौतहट।
रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले परिवर्तनको लागी माछा छापमा मतदान गर्न आग्रह गरेका छन ।

जैसवालले विगत डेढ दशक देखि तानाशाह,भ्रष्टाचारीको क्षेत्रको रुपमा चिनिने रौतहट ३ मा सुशासनको अनुभुती तथा समाजिक रुपान्तरणका लागि माछा छापमा मतदान गर्न आग्रह गरेका छन्।

रौतहटको कटहरिया नगरपालिकाको कटहरिया बजारमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै जैसवालले विगतमा जितेका नेताले जनतामुखी काम गर्न नसक्दा निरासा भएका मतदाताले एक पटक माछा छापमा मतदान गरि विजयी गराउन क्षेत्र ३ को आम मतदातासँग आग्रह गरेका छन् ।

उनले आफु निर्वाचित भएपाछी जनताको आपेक्षा भन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरेका छन्।

यसैबीच पाच दलीय गठबन्धनबाट ३ (ख) को प्रदेश सभा सदस्यका उम्मेदवार काङ्ग्रेस जिल्ला सभापति जितेन्द्र यादवले कार्यक्रमको सम्बोधन गर्दै मतदाताले आफूलाई अधिक रुचाएको बताए ।

देशको पानी र जवानी दुवैलाई देशको हकमा उपयोग गर्नुपर्ने अहिलेको आवश्यकता रहेको कुरामाथि जोड दिँदै जिल्ला सभापति यादवले बिजुली उत्पादनमा जोड दिएर विदेशलाई बेच्नुपर्ने तथा सम्पन्न मुलुकबाट लगानी भित्र्याएर देशमा रोजगारको अवसर सिर्जना गर्नुपर्ने कुरामाथि जोड दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस