रकम बाडेर निर्वाचित हुने सपना अब त्यागे हुन्छ : ओमप्रकाश जैसवाल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक २९, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
रकम बाडेर निर्वाचित हुने सपना अब त्यागे हुन्छ : ओमप्रकाश जैसवाल

बिमलेश कुमार झा
२९ कार्तिक । रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यबका लागि स्वतन्त्र उम्मेदवारी दिएका ओमप्रकाश जैसवालले मङ्गलबार रौतहटको गुजारा नगरपालिका वडा नम्बर २ कटानिमा घरदैलो तथा कोन सभा गरेका छन् ।

रौतहट क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने गुजरा नगरपालिका वडा नम्बर २ मा घरदैलो तथा कोन सभामा बोल्दै स्वतन्त्र उम्मेदवार जैसवालले आफनो चुनाव चिन्ह माछा छापमा मतदान गर्न आग्रह गरेका थिए ।

उम्मेदवार जैसवाललाई जिताउन युवा देखि बृद्धसम्म घरदैलो एवं कोन सभामा सयौंको संख्यामा सक्रिय भएर पुग्ने गरेको पाईएको छ । घरदैलोको क्रममा सयौं युवा तथा महिलाहरुले मत मागिरहेका छन् ।

पूर्व मन्त्री प्रभु साहको भ्रष्टाचारका कारण आजित भएको र तथाकथित स्वतन्त्र उम्मेदवार साहलाई जनताले बहिस्कार गर्दै माछा छापलाई रोज्ने जैसवालको दाबी छ।

पूर्व मन्त्री साहले निर्वाचनको समयमा बिभिन्न किसिमको आश्वास दिने बाहेक केही विकासको काम नगरेको भन्दै यसपालि माछा छापमा मतदान गरि जैसवाललाई जिताउने स्थानीयहरुले बताएका छन् ।

साहले चुनावको बेला रकम बाडेर निर्वाचित हुने सपना अब त्यागे हुन्छ, जैसवालले भने। क्षेत्र नम्बर ३ को लागि स्वतन्त्र उम्मेदवार जैसवालको स्वच्छ छबि भएका कारण यसपालिको निर्वाचनमा जैसवालको माछा छाप मै मोहर लगाउने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस