जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर १७, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
<strong>जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते</strong>

रौतहट,१७ मंसिर जनकपुरधाम। धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।


शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारमा बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।


दुर्घटनामा परी २९ वर्षीया रुवीकुमारी साह, १७ वर्षीया मन्जुकुमारी साह, १३ वर्षीया श्रृजना साह र २५ वर्षीय अब्दुल मन्जुरीको मृत्यु भएको हो । एकजनाको भने सनाखत हुन सकेको छैन । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किदै गर्दा जीप दुर्घटना भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस