स्कटल्यान्डसँग भिड्दै नेपाल : विश्वकप क्रिकेट लिग-२ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर १८, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
स्कटल्यान्डसँग भिड्दै नेपाल : विश्वकप क्रिकेट लिग-२ 

रौतहट,१ ८ मंसिर I नामिबियामा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत आईतबार नेपालले बलियो स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

नामिबिया भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नामिबियासँग वर्षाका कारण अङ्क बाँडेको थियो।

जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल १:४५ मा युनाईटेड क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो। जारी सिरिजमा दुवै देशको यो दोस्रो खेल हो।

पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो। नेपालले भने आफ्नो पहिलो खेल बर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाडेको थियो।

स्कटल्यान्ड नेपाललाई पराजित गर्दै विश्वकप क्रिकेट लिग २ को शीर्षस्थानमा रहँदै च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ। नेपाल भने स्कटल्यान्डलाई हराएर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनका लागि महत्वपूर्ण अङ्क हासिल गर्ने प्रयासमा हुनेछ।

स्कटल्यान्डले बिहीबार नामिबियालाई ४ विकेटले हराएको थियो । सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ । स्कटल्यान्ड २९ खेलमा ४२ अंकसहित दोस्रो स्थानमा छ । नेपालमाथि विजय हात पारेमा स्कटल्यान्ड नेट रनरेटमा ओमानलाई उछिन्दै शीर्ष स्थानमा पुग्ने छ।

नेपाललाई अब बाँकी १५ मध्ये १० खेलमा जित आवश्यक छ। सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन राष्ट्र विश्वकप छनोटमा पुग्नेछन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् । अमेरिका ३५, नामिबिया ३३, यूएई २७ अंकसाथ क्रमश: तेस्रोदेखि पाँचौं स्थानमा रहँदा नेपाल छैटौं स्थानमा रहेको छ।

यसअघि जुलाईमा स्कटल्यान्डलाई उसैको भूमिमा नेपालले १ सय ४४ रनमा अलआउट गरी ५ विकेटको जित हासिल गरेको थियो।  स्कटल्यान्डमाथि कुनै पनि संरचनामा नेपालको त्यो पहिलो जित समेत हो। त्यसको चार दिनपछि अर्को खेलमा स्कटल्यान्डले नेपाललाई ८ विकेटले हराएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस