कटहरिया नगरपालिकामा भूमिहीन सुकुम्बासी २९ घरपरिवार लाई बिधुत मिटर बक्स जडान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर २१, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
कटहरिया नगरपालिकामा भूमिहीन सुकुम्बासी २९ घरपरिवार लाई बिधुत मिटर बक्स जडान

राैतहट । २० गते । मंसिर
दिगाे समाधान परियाेजना मार्फत अति विपन्न परिवारलाई सरकारी सेवा र सुविधामा पहुँच पुर्याउनकाे लागि बिधुत मिटर वितरण गरिएको छ ।
राैतहटकाे कटहरिया नगरपालिकाकाे वडा नम्बर १ मा भूमिहीन सुकुम्बासी परिवारकाे घरमा बिधुत मिटर बक्स जडान गरिएको छ । वडा अध्यक्ष भूपेन्द्र महताेले लक्षित परिवारकाे घरमा गई बिधुत मिटर वितरण गर्नुका साथै मिटरलाई जडान समेत गराउनु भएको हाे ।

साे परियाेजना अन्तर्गत भसेढवाबाट वितरण सुरु गरिएको हाे । परियाेजनाले पहिलो चरणमा कटहरिया नगरपालिकाकाे वडा नम्बर १,३,४ र ९ नम्बर वडामा गरि कुल २९ वटा मिटर बक्स वितरण गर्ने लक्ष्य रहेको फिल्ड संयाेजक भाेला बस्नेतले जानकारी गराउनु भयाे । परियाेजनाले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिरहेकाे बस्नेतले बताए ।

साे परियोजना मार्फत लक्षित परिवारलाई ट्यूबेल पानी ,नागरिकता बनाउन आधी खर्च व्यहोर्ने,अव्यवस्थित बसाेबासीकाे लगत संकलन कार्यमा नगरपालिका लाई सहयोग गर्ने जस्ता कार्यहरू गरिरहेकाे छ ।

मंगलबार साे वडामा भूमिहीन सुकुम्बासी परिवार बिजुली खातुन,हफूजल मिया दर्जी,उर्मिला देवी दास लगायतका परिवारलाई बिधुत मिटर बक्स जडान गरिएको छ । साे अवसरमा परियाेजनाका फिल्ड संयाेजक बस्नेत सँगै कर्मचारी ओमप्रकाश राम सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

ताजा अपडेट

खोजी गर्नुहोस