सनथ जयसूर्या श्रीलङ्काको मुख्य प्रशिक्षकमा नियुक्त

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ आश्विन २१, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
सनथ जयसूर्या श्रीलङ्काको मुख्य प्रशिक्षकमा नियुक्त

वर्तमानकाल सम्वाददाता
असोज २१ गते ।

सनथ जयसूर्या श्रीलङ्का पुरुष क्रिकेट टिमको पूर्णकालिक मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । श्रीलङ्का क्रिकेटको कार्यकारी समितिले जयसूर्यालाई पूर्णकालिक भूमिकामा नियुक्त गर्ने निर्णय गरेको हो ।

जयसूर्याको सम्झौता सन् २०२६ मार्च ३१ सम्म कायम रहनेछ । यसअघि श्रीलङ्का क्रिकेटको सल्लाहकारका रूपमा काम गरिसकेका जयसूर्या यस वर्षको शुरूमा श्रीलङ्का टोलीको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

उनी अन्तरिम मुख्य प्रशिक्षक हुँदा श्रीलङ्काले भारतसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जितेको थियो । पहिलो खेल बराबरीमा सकिँदा श्रीलङ्काले त्यसपछिका दुई खेल जित्दै सन् १९९७ पछि पहिलो पटक भारतसँगको द्विपक्षीय शृङ्खला जितेको थियो ।

अब पूर्णकालिक मुख्य प्रशिक्षक बनेका जयसूर्याको नेतृत्वमा श्रीलङ्काले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय र तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस