राष्ट्रिय दलित पत्रकार संघ रौतहटको शुभकामना आदानप्रदान तथा दलित ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ आश्विन २६, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
राष्ट्रिय दलित पत्रकार संघ रौतहटको शुभकामना आदानप्रदान तथा दलित ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम सम्पन्न

रमेश कुमार यादब
असोज २६, रौतहट

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, रौतहटद्वारा आयोजित शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम शनिबार वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरीमा सम्पन्न भएको छ । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व विजया दशमी, शुभ दिपावली, तिहार तथा छठको पावन अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । लोकतन्त्रको मूल आधार,समान सहभागिता र विभेदमुक्त समाज,अभिव्यक्ती स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज भन्ने मूल नाराका साथ गठन भएको संघले पछिल्लो समय रौतहटमा आफनो सक्रियता बढाएको छ ।

कार्यक्रमको अध्यक्षता संघका जिल्ला अध्यक्ष राजेश पासवान निर्माणीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मुस्लिम इतिहाद संगठनका मधेश प्रदेश अध्यक्ष सलामोदिन दर्जी रहनु भएको थियो । कार्यक्रमको सञ्चालन वर्तमानकाल दैनिक पत्रिकाका सह–सम्पादक रमेश कुमार यादव र प्रदिप दासले गरेका थिए ।

राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रममा विभिन्न काल खण्डमा ज्यान गुमाएका ज्ञात अज्ञात वीर सहिदहरुप्रति एक मिनटको लागि मौन धारणा गरिएको थियोे । विभिन्न समयमा बैठक देखि लिएर शुभकामना आदानप्रदान लगायताका कार्यक्रमहरु गर्दै आएको र समाजमा भइरहेको विभिन्न प्रकारका अन्याय,अत्याचार तथा भेदभाव प्रति संघले निरन्तर आवाज उठाइ रहेको कार्यसमितिले कामलाइ तिव्रता दिएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका यूवा नेता एवम् कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका दर्जीले पत्रकारहरुलाइ निडर, निर्भिक भएर कलम चलाउन आग्रह गरेका थिए । पत्रकारहरुलाइ आफनो कलम बन्द नगरी न्यायको साथमा लेख्न र अन्यायको खिलाफमा लेख्न अनुुरोध गरे । आफनो कर्तव्य निर्वाह गर्ने क्रममा विभिन्न बाधा अवरोधहरु आउन सक्छ । त्यसबाट एक इन्च पछाडी नहटन सुझाव दिएका छन् ।“यो संघले दलित समुदाय मात्र नभई सम्पूर्ण गरिब, पीडित र समाजका हरेक तप्काका मानिसहरूको आवाज उठाउन सफल भएको छ ।”

उनले थपे, “सत्य बोल्दा र लेख्दा विभिन्न चुनौतीहरू आउन सक्छन्, तर ती चुनौतीहरूलाई सामना गर्न हिम्मत जुटाउन जरुरी छ।”संघले लोकतन्त्रको मुल आधार, समान सहभागिता, विभेदमुक्त समाजको निर्माण, अभिव्यक्ति स्वतन्त्रता, र मर्यादित पत्रकारितालाई आफ्नो मुख्य उद्देश्यको रूपमा अगाडि सारेको छ । समारोहमा संघका अध्यक्ष राजेश पासवान निर्माणीले आफ्नो मन्तव्य राख्दै दलित समुदायका पत्रकारहरूलाई सत्य लेखनमा दृढ रहन आग्रह गरे । उनले भनें, “सत्य लेखन कहिल्यै पछि हट्ने कुरा होइन । पत्रकारिता भनेको समाजको ऐना हो, र यसले समाजमा भएका विकृतिहरूलाई उजागर गर्नु पर्दछ ।

” साथै, उनले दलित मात्र नभई गरिब, असहाय, तथा दिनदुःखीहरूको पक्षमा संघले आवाज उठाउँदै आएको बताए । वहाँले भने यो कार्यक्रम मात्र शुभकामना आदनप्रदान गर्ने उदेश्यले आयोजन गरिएको होइन् ? मूलरुपमा समाजमा कसरी परिवर्तन ल्याउन सकिन्छ ?त्यसमा आधारित रहेर कलम चलाउन र पत्रकारिता गर्न आग्रह गरेका छन् । दलितमाथि भइरहेको अन्याय,अत्याचार र विभेद लगायका विषयमा आफूले कलम चलाउँदै र अवाज उठाउँदै आएको स्मरण गराउँदै उपस्थित दलित पत्रकारहरुलाइ ति पिडितहरुको पक्षमा खम्बाको रुपमा खडा रहन आग्रह गरे ।

साथै उनले आफू मर्यादामा रहेर पत्रकारिता गर्न पनि सुझाव दिए । जथाभावी रुपमा सामाजिक संजालमा नलेख्न आग्रह गरे । आफू आठ वर्ष पत्रकारिता छोडेर पुनः पत्रकारिता क्षेत्र सक्रिय रुपमा काम गरिरहेको र यसैको देन हो कि आज मलाइ लाखौं मान्छेहरुले चिनिरहेका छन् । त्यसैले पत्रकारितामा पनि भविष्य छ ।यदि राम्रो सँग पत्रकारिता गर्नु भयो भने यसमा पनि धेरै अवसरहरु छन् । र ति अवसरहरु दिलाउन म भरपूर प्रयास गर्ने छु ।

कार्यक्रमका सहभागीहरूले दलित समुदायका मुद्दाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै भविष्यमा थप सक्रियता देखाउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमका दौरान जेष्ठ नागरिकहरूको पनि सम्मान गरिएको थियो, जसमा स्थानिय जेष्ठ नागरिकहरूलाई माला र दोसल्ला ओढाई सम्मान गरिएको थियो । जेष्ठ नागरिकहरूप्रति कृतज्ञता प्रकट गर्दै कार्यक्रमले सामाजिक एकता र परम्परागत मूल्यको जगेर्ना गर्ने प्रयास गरेको थियो।

कार्यक्रमले दलित समुदायको एकता र समृद्धिको सन्देश दिँदै आगामी दिनहरूमा थप यस्ता कार्यक्रम गर्ने योजना रहेको आयोजक समितिले जनाएको छ । कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, बुद्धिजीवी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित सबैले एकअर्कालाई पर्वको शुभकामना साटासाट गरे।

ताजा अपडेट

खोजी गर्नुहोस