रौतहटमा बेमौसमी वर्षाले धान बालीमा क्षति, किसानमा रुवाबास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक ४, आईतबार (१ साल अघि)
  • ४ पटक पढिएको
रौतहटमा बेमौसमी वर्षाले धान बालीमा क्षति, किसानमा रुवाबास

रमेश कुमार यादब
कार्तिक ०४, रौतहट

रौतहटमा गएराति भएको वर्षा र हावाहुरीले काटेर राखिएको र भर्खरै पसाउँदै गरेको धान बालीमा क्षति गरेको छ । काटेर खेतमै सुकाएको धान बाली पानीमा डुबेको किसानले बताएका छन् । यहाँ केही दिनअघिदेखि नै मौसम धाम्मधुम्म भइरहेकाले धान पाकीसकेको धेरैजसो किसानले डराई–डराई धान काटेर सुकाइरहेका थिए ।

कतिपयले दशैँकै बेला धान काटेर भित्र्याए । बाँकी किसानले हिजो(अस्ती मात्रै धान काटेर खेतमै सुकाइरहेकोमा राति पानी परेर भिजाइदिएको हो । मुखमै आइसकेको बाली यसरी पानी परेर भिजेपछि किसान चिन्तित बनेका छन् । काटने बेला भएको र भर्खरै पसाउँदै गरेको धान बाली पनि पानी परेर ढालेको छ । बैमोसमि बर्षाका कारण धानबालीलाई सखाप गर्ने गरि
परेको पानीले हामीलाई निकै नै क्षति भएको बर्ष भरि यहि धानले परिवार पाल्ने अहार खत्म हुने भएपछि परिवारहरुमा रुवाबासि भएका किसान रामदेव पटेलले दुखेसो पोखेका छन ।

पानी र हावाहुरीले धानको बोट लडेर भुइँ छोएको बृन्दावन नगरपालिकाको वार्ड नं.१ बलरीखोरका किसान संजय यादबको भनाई छ । रौतहटको उत्तरी भेगका किसानले छिटो पाक्ने र दक्षिणी भेगका किसानले ढिलो पाक्ने धान लगाउने गरेका छन् । रातिको पानीले
भर्खरै छरिएको तोरी, चना, मुसुरो, आलस लगायतका दलहन तथा तेलहर बाली, गोलभेँडा, आलु, कोभी जस्ता तरकारी खेती समेत
बिगारेको छ । पानीले गर्दा अब ति बाली पुनः दोहोर्याएर छर्नुपर्ने अवस्था आएको किसानको वर्तमानकाल दैनिक पत्रिका स–सम्पादक पत्रकार रमेश कुमार यादबलाई बताएका छन ।

अधिकांश किसानलाई दलहन तथा तेलहन बालीको बिउ पाउनै मुस्किल परेको देखिन्छ । स्थानीयका अनुसार गएराति जिल्लाको दक्षिणी भेगको तुलनामा उत्तरी भेगमा ठूलो पानी परेको छ । चन्द्रपुर, सन्तपुर, बलरीखोर, बालचनपुर लगायत क्षेत्रमा जम्ने गरी पानी परेको स्थानीयले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस