सर्लाहीमा १० किलो गाँजासहित एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक ५, सोमबार (१ साल अघि)
  • ४ पटक पढिएको
सर्लाहीमा १० किलो गाँजासहित एक युवक पक्राउ

सर्लाही,०५ कात्तिक। सर्लाहीमा घरमा लुकाई राखेको १० केजी गाँजासहित एक युवक पक्राउ परेका छन्।

जील्लाको ब्रहम्पुरी गाउँपालिका-५ सखुवाबाट घरमै लुकाई राखेको करिव १० केजी अबैध लागु औषध गाँजासहित एक युवकलाई गत शनिबार प्रहरीले पक्राउ गरेको हो।

जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा सोहि ठाउँ निवासी २१ बर्षिय पंकज साह रहेका छन्। साहले घरमा अबैध लागु औषध गाँजा लुकाई राखेका छन् भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका साहमाथि सर्लाही जील्ला अदालतबाट ५ दिनको म्याद थपाएर अनुसन्धान अघि बढाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस