तिहारमा पेट्रोलियम पदार्थ आपूर्ति नरोकिने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक १४, बुधबार (१ साल अघि)
  • ३ पटक पढिएको
तिहारमा पेट्रोलियम पदार्थ आपूर्ति नरोकिने

|Modern Service Station with convenience store and a few cars, in a Sunny Day

वर्तमानकाल सम्वाददाता
कार्तिक १४ गते ।

नेपाल आयल निगमका अनुसार सार्वजनिक बिदाका दिनमा समेत पेट्रोलियम पदार्थ सहज रूपमा बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।
निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर र मधेश प्रादेशिक कार्यालय डिपो १६ र १९ कात्तिकमा खुल्ने भएको छ ।
थानकोट डिपो १६, १७ र १९, पोखरा डिपो १६ र १७, भैरहवा डिपो १६ र १७ कात्तिकमा खुल्ने निगमले जनाएको छ ।

सुर्खेत कार्यालय आवश्यकता अनुसार धनगढी डिपो १६ र १९, धनुषा डिपो १६ र १९, नेपालगञ्ज डिपो १६ कात्तिकमा खुल्नेछ ।
दाङ १६ गते, वीरगन्ज, १६ र १९, चारआली १६ र १९ तथा दिपायल डिपो आवश्यकता अनुसार खुल्ने निगमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस