तिहार सबैको जीवनमा उज्यालो छर्ने चाड हो प्रधानमन्त्री ओली

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक १८, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

वर्तमानकाल सम्वाददाता
कार्तिक १८ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएकाले यस अवसरमा सबै नेपालीमा उमङ्ग छाओस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गर्दै भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास लिएका छन् ।

भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तिहार सबैको जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबिचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना ।

ताजा अपडेट

खोजी गर्नुहोस