चन्द्रबिन्दु बिकास नेपालद्धारा १ सय भन्दा बढि बिपन्न गरिब परिवारलाई साडी सेट बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक २२, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
चन्द्रबिन्दु बिकास नेपालद्धारा १ सय भन्दा बढि बिपन्न गरिब परिवारलाई साडी सेट बितरण

रमेश कुमार यादब
कार्तिक २१, रौतहट

रौतहटको चन्द्रपुर नगरपालिकामा चन्द्रबिन्दु बिकास नेपालले छठ पर्वको अवसरमा गरिब तथा दलित समुदायलाई कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रबिन्दु विकास नेपाल चन्द्रपुरद्वारा छठ पर्वको अवसरमा आयोजित एक कार्यक्रमका बीच गरिब, दलित, सुकुम्वासी, भूमिहीन, शोषित र पीडित वर्गका परिवारलाई कपडा वितरण गरिएको छ । चन्द्रपुर नगरपालिका वार्ड नं. १०, बिनवाटोलस्थित चन्द्रबिन्दु विकास नेपाल रौतहटले आयोजना गरेको यस कार्यक्रमले समाजका विपन्न तथा उपेक्षित वर्गका परिवारहरूलाई राहत प्रदान गर्ने उद्देश्य राखेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिका वार्ड नं. १० का वडाध्यक्ष टन्केश्वर चौधरी हुनुहुन्थ्यो भने विशिष्ट अतिथि पूर्व वडाध्यक्ष जयराम चौधरी र समाजसेवी दीपक मिश्र रहनु भएको थियो । प्रमुख अतिथि चौधरीले यस्ता सामाजिक कार्यले समाजमा एकता, सद्भाव र सहयोगको भावना वृद्धि गर्ने बताउनु भएको थियो । उहाँले चन्द्रबिन्दु विकास नेपाल तथा यसको समर्पित पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्दै समाजका अन्य व्यक्ति तथा संस्थाहरू समेत यस्ता जनहितकारी कार्यहरूमा सक्रिय हुनुपर्नेमा जोड दिनु भएको थियो ।

साथै समाजसेवी कार्यहरूले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यहरूलाई थप प्रोत्साहन गर्नुपर्ने र समुदायका लागि सेवा गरिरहेका संस्थालाई नगरपालिकाको तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यसतै कार्यक्रमको विशिष्ट अतिथि जयराम चौधरीले पनि यो कार्यक्रमले समाजमा समावेशी भावना प्रवर्द्धन गर्ने भन्दै संस्थाको प्रयासलाई सराहना गर्नुभयो। समाजसेवी दीपक मिश्राले पनि आफ्नो मन्तव्य राख्दै यस्ता कार्यक्रमहरूले आर्थिक र सामाजिक रूपमा कमजोर समुदायलाई राहत दिने मात्र नभई समाजमा सन्देश पुर्याउने काम गरेको बताउनु भएको थियो ।

त्यसतै सोहि कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका रामकिशोर साहले भने यस्ता प्रेरणादायक कार्यले सम्पुर्ण मानिसहरुको मन मुटुमा बसेर राज गर्न सफल भएका छन । यति मात्र नभएर आउँदो दिनमा यस्ता कार्य गर्न अझै आग्रह गर्दै अगामी दिनमा सबै जनाको साथसहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो । छठ पर्वको अवसरमा वितरण गरिएका कपडाहरूमा प्रमुखतः साडी सेटहरू रहेका थिए, जसलाई एक सय भन्दा बढी दलित तथा गरिब परिवारका छठ व्रतालु महिलाहरूलाई प्रदान गरिएको थियो ।

संस्था अध्यक्षले यस कार्यक्रमले छठ पर्वमा केही राहत मिल्ने र पर्व मनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम सञ्चालनमा स्थानीय युवाहरूले पनि सहयोग पु¥याएका थिए ।कार्यक्रममा सहभागीहरूले छठ पर्व जस्तो महत्वपूर्ण संस्कारलाई सँगै मनाउन पाउँदा खुशी व्यक्त गरेका थिए ।

साथै, यस्ता सहयोग कार्यक्रमले समाजका उपेक्षित र असहाय वर्गको आत्मसम्मान वृद्धि गर्न मद्दत पुग्ने बताइएको थियो । कार्यक्रममा बच्चु साह, कासि राय यादब, शुभनरायण चौधरी, छविलाल पटेल, नेपाली काग्रेशका युवा नेता डा.दिनदयाल पटेल, चन्द्रबिन्दु बिकास नेपालको कार्यकारी निर्देशक सुनिल पासवान लगायत सम्पुर्ण पदअधिकारीहरुको उपस्थिती रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस