पहाडी भूभागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक २४, शनिबार (१ साल अघि)
  • २ पटक पढिएको
पहाडी भूभागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

वर्तमानकाल सम्वाददाता
कार्तिक २४ गते ।

देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

साथै यी प्रदेशका पहाडी भू भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू भागका एकरदुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस