पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा विस्फोट, कम्तीमा २१ जनाको ज्यान गयो, ४६ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक २४, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा विस्फोट, कम्तीमा २१ जनाको ज्यान गयो, ४६ जना घाइते

एजेन्सी
कार्तिक २४ गते ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको क्वेटा शहरको रेलवे स्टेसनमा विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । अरु ४६ जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

ज्यान गुमाउने र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने खबरमा उल्लेख छ ।
यात्रुहरूले रेल पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको क्वेटाका प्रहरी प्रमुख मुहम्मद बलोचले बताउनुभयो । रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस