गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ मंसिर १९, बुधबार (१ साल अघि)
  • ३ पटक पढिएको
गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

वर्तमानकाल सम्वाददाता
मंसिर १८ गते ।

बाराको महागढीमाई नगरपालिकामा लाग्ने विश्वप्रसिद्ध पञ्चवार्षिय गढीमाई मेला २०८१ को अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको हो ।


मुख्यमन्त्री सतिशकुमार सिँहले प्रति लाखौँको सँख्यामा श्रद्धालुभक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएको र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेला मार्फत घरेलु पर्यटन, धार्मिक पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा घोषणा
गरिएको बताए ।


प्रदेशका नागरिकहरुले पनि गढीमाईको मेलामा विदा दिन प्रदेश सरकार समक्ष गरेको आशालाई रुपान्तरित गर्दै विदा दिने निर्णय भएको जानकारी दिदै मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णले आज बुधवार गृह मन्त्रालयले विज्ञप्ती जारी गर्ने बताए ।


प्रदेश सरकारको निर्णयलाई सराहना गर्दै महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले यस प्रकारको निर्णयबाट धार्मिक पर्यटनलाई टेवा पुग्नुका साथै शक्तिपिठको रुपमा विश्वप्रसिद्ध रहेकी वरियारपुर गढीमाई प्रति मधेश सरकारको कदम निकै राम्रो भएको प्रतिक्रिया दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस