गरुडा नगरपालिकाको नगर प्रमुख जैसवालले अभियानको चौथो दिन पनि गरे कम्बल बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ पौष १०, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
गरुडा नगरपालिकाको नगर प्रमुख जैसवालले अभियानको चौथो दिन पनि गरे कम्बल बितरण

रमेश कुमार यादब
पुस ०९, रौतहट

रौतहटको गरुडा नगरपालिकाले पालिकाभित्र रहेका गरीब तथा विपन्न नागरिकलाई सिरक वितरणको अभियानको चौथो दिन निरन्तरता दिएका छन । सिरक वा कम्बलको अभावमा कुनै पनि विपन्न वर्गका नागरिक कठ्याङग्रिएर सुत्न नपरोस् भन्ने उद्देश्यका साथ पालिकाले आफ्नो नौ वटै वडामा उक्त अभियान सञ्चालन गरेको हो । सोहि अभियान अन्तर्गत मंगलबार गरुडा नगरपालिकाको वार्ड नं.७ पिपरिया दो.का अति गरिब बिपन्न ५५ परिवारलाई कम्बर बितरण गर्नु भएको हो ।

यस अघि पालिकाले वडा नम्बर ३ मलाहिटोल, वार्ड नं.७ भिम्डावर र वार्ड नं.९ को सिसवा, श्रीपुर र नगरकटिया टोलमा रहेका करिब ४ सय अति गरीब र विपन्न परिवारलाई सिरक वितरण गरिसकेको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले जानकारी दिएको छ । उहाँका अनुसार सुत्ने समयमा शरीर न्यानो पार्न ओढिने सिरक वा कम्बल अभावको कारण नगरका कुनै पनि विपन्न वर्गका
नागरिकले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यका साथ उक्त कार्य गरिएको हो ।

अभियान कार्यक्रममा उहाँले विपन्न नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नुहुँदै उहाँहरूका समस्या र समाधानको सम्बन्धमा संवाद समेत गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “जाडोयाममा विशेष गरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका नागरिक, सुत्केरी र आर्थिकरूपमा कमजोर परिवारको दैनिकी कष्टकर रहन्छ । त्यस्ता वर्गलाइ विशेष प्राथमिकतामा राखी सिरक तथा कम्बल वितरण गरिएको छ । पालिकाका एक हजार भन्दा बढी त्यस्ता घरपरिवारलाई उक्त सामग्री वितरण गरिने छ ।

”नगरप्रमुख जैसवालको उक्त अभियानलाई लाभग्राहीले प्रशंसा गरेका छन् । सिरक पाएपछि न्यानो कपडा अभावमा कठ्याङग्रिएर सुत्नुपर्ने समस्याबाट मुक्त भएकोमा हर्षित हुँदै पालिकाको वडा नम्बर ७ पिपरिया दो.का नागरिक बृजकिशोर यादबले नगरप्रमुख कलवारलाई धन्यवाद दिनु भयो । सिरक पाइसकेका र क्रमशः सम्पूर्ण वडामा सिरक वितरण गरिने जानकारी पाएपछि वडाका विपन्न परिवार खुसी देखिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस