पचरौता नगरपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ पौष ११, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
पचरौता नगरपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न

नूर आलम बादशाह
पुष १० गते,

बाराको पाचरौता नगरपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। स्वास्थ्य शाखा पचरौता, लायन्स क्लब ऑफ बीरगंज र माट्रिक आई फाउण्डेशन बीरगंजको संयुक्त आयोजना तथा सहकार्यमा उक्त निःशुल्क आँखा शिविर सम्पन्न भएको हो।बेनौली स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा महिला पुरुष गरी ५०१ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो जसमध्ये २५२ जनाको आँखामा मोतिबिन्दु भेटिएको पचरौता स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र साहले जानकारी दिए।

पचरौता नगरपालिकाको वडा नं ७ का स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको आँखा शिविरमा पचरौता नगरपालिकाको अन्य वडालगायत छिमेकी पालिकाहरु आदर्श कोतवाल गाउँपालिका, सिम्रौनगढ़ नगरपालिका, सुवर्ण गाउँपालिका र भारत बिहार राजयका पूर्वी चम्पारण जिल्लाका नेपाल सिमाना नजिकका गाउँबाट पनि सर्वसाधरणहरु आँखा परिक्षण गराउन आएका थिए।

मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो। जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ। मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो। यो रोग औषधीले ठीक हुँदैन। शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ।


आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केहि घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकिमा फर्कन सक्छन्।शिविरबाट छानिएका मोतिबिन्दुका बिरामीहरुको माट्रिक आई फाउण्डेशन बीरगंजमा बिशेषज्ञ टोलीद्वारा निःशुल्क शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए । मोतिबिन्दु भएका बिरामीलाई घरबाट बीरगंज लाने र शल्यक्रियापश्चात गाउँमा पु¥याई परिवारका सदस्यलाई जिम्मा लगाउने काम समेत नगरपालिकाले गर्ने छ।

पचरौता नगरपालिकाले पैसाको अभावका कारण पालिका भित्रका कोहि पनि नागरिक अन्धोपनमा जिवन विताउन नपरोस भन्ने उदेश्यले आँखा शिविर सञ्चालन गदै आएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस